पार्टीका शीर्ष नेताहरूको चर्को दबाबपछि त्रिविका बागी उम्मेदवारले नाम फिर्ता लिए
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बागी उम्मेदवारी दिएका विष्णु बडैलाले नाम फिर्ता लिएका छन् । नेविसंघको तर्फबाट बागी उम्मेदवारी दिएका उनले नेपाली कांग्रेसका नेताहरूको चर्को दबाबपछि उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेविसंघले श्यामराज ओझालाई टिकट दिएपछि बडैलाले स्वतन्त्र समूह खडागरी छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।
उनको उम्मेदवारी फिर्ता गराउनको लागि पार्टीका शीर्ष नेताहरू नै लागेका थिए । बुधबार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतका नेताहरूले उनलाई छलफलका लागि बोलाएका थिए । त्यही क्रममा उनलाई नाम फिर्ता लिन आग्रह गरिएको थियो ।
पार्टीका शीर्ष नेताहरूको आग्रह टार्न नसकेर उम्मेदवारी फिर्ता लिएर ओझालाई आफ्नो समर्थन रहेको बडैलाले बताए । छलफलको क्रममा उनलाई कुनै न कुनै जिम्मेवारी दिने बताएका थिए ।
बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै त्रिविमा नेविसंघबाट तीन वटा समूह रहेका छन् । यसअघि ओझासँगै ४ वटा समूहले उम्मेदवारी दिएको थियो ।
त्रिविमा नेविसंघको आधिकारिक उम्मेदवारलाई अखिल क्रान्तिकारी र अनेरास्ववियूको समर्थन रहेको छ । यसअघि नेविसंघबाट चार वटा समूह रहेपछि क्रान्तिकारी र अनेरास्ववियू समस्यामा परेका थिए ।
कांग्रेसका शीर्ष नेताहरू ओझाको समूहलाई आधिकारिक मान्दै अन्यलाई पनि फिर्ता गराउने प्रयासमा जुटेका छन् ।
उनीहरूले नमानेको खण्डमा नेविसंघले ओझालाई आधिकारिक समूह मान्दै त्रिविलाई पत्र पठाउने र सोही आधारमा मतदान गर्न आग्रह गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण