उपराष्ट्रपति पुनले छाडे सरकारी निवास
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छाडेका छन् । बिहीवार पुन उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । चुनावबाट नयाँ उपराष्ट्रपति आउने निश्चित भएपछि उनी निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए । उनी उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
शुक्रवार उपराष्ट्रपतिको चुनाव छ । चुनावपछि नयाँ उपराष्ट्रपति आउने भएपछि पुनले निवास छाडेका हुन् । नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुनले निवास छाडेको उनले बताए । नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म पुनले निजी निवासबाटै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण