बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा भट्टराई तोकिए

बिहीबार, ०२ चैत २०७९, १५ : १८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव कमल भट्टराईलाई तोकिएको छ। 

मन्त्रालयका सचिव कृष्णहरि पुस्करले बिहीबार भट्टराईलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। 

सचिव पुस्करले रातोपाटीसँग भने,‘ सहसचिव भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। अब मन्त्रालयका गतिविधि उहाँमार्फत सार्वजनिक गरिन्छ।’ 

मन्त्रालयको यसअघिका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङको गृह मन्त्रालयमा सरुवा भएपछि प्रवक्ता कसैलाई तोकिएको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप