अश्लील हर्कत गर्ने डीन निलम्बन
काठमाडौं । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डीन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ ।
जुम बैठकमा उनले एक महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि छानबिनका लागि उनी निलम्बित भएका हुन्।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक पुण्य प्रसाद रेग्मीले डीन दत्तका अश्लील क्रियाकलापका सम्बन्धमा छानबिन गर्न बिहीबार तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको रातोपाटीसँग बताए।
रेग्मीका अनुसार विश्वविद्यालयकै प्रा.डा. श्रवण कुमार साहको संयजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १५ दिन भित्र सत्यतथ्य जाँच गरी प्रतिवेदन बुझाउन भनिएको छ। रेग्मीले भने,‘ दत्तजीका अश्लील हर्कतबारे छानबिन हुन्छ। प्रतिवेदन आएपछि उहाँलाई थप विभागीय कारबाही हुने वा नहुने निक्र्यौल गर्छौं।’
दत्तले कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा अश्लील हर्कत देखाएका थिए। उनी कृषि संकायको डीनको ४ बर्से पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्से दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।
त्यसैगरी चितवनस्थित नेपाल प्रगतिशील प्राध्यापक संघले डीन दत्तलाई सेवाबाट बखास्र्त गर्नुपर्ने माग गरेको छ। सामाजिक सञ्जालमा बुधबार डीन दत्तले गरेका अश्लील हर्कतको भिडियो बाहिरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण