आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ परेका पत्रकार राई रिहा

बिहीबार, ०२ चैत २०७९, १७ : ०५
बिहीबार, ०२ चैत २०७९

विराटनगर । मोरङ प्रहरीद्वारा पक्राउ परेका सुनसरी पत्रकार महासंघका अध्यक्ष जनकऋषि राई रिहा भएका छन् । 
प्रदेशको नाम कोशी खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा अगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रममा कविता भन्न राई त्यहाँ पुगेका थिए । प्रहरीले प्रदेशसभा भवन अगाडि नै कार्यक्रम नगर्न र केही पर गर्न भनेपनि त्यही कविता भन्न थालेपछि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ परेका थिए । किरात राई लेखक संघ, किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियान, याक्थुङ लेखक संघले उक्त कार्यक्रम आयोजना गरेको थियो । 

पक्राउ परेका राईलाई झण्डै एक घण्टापछि प्रहरीले रिहा गरेको छ । प्रदेशको नाम कोशी खारेज गरी पहिचानमा आधारित नाम राख्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार तथा लेखकद्वयलाई पक्राउ परेको विषयमा आपत्ती जनाउँदै किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानका संयोजक भद्रगोल किराँतीले कोशी प्रदेश सरकार कविता तथा बोलीबाट पनि डराउन थालेको बताए । कविता भन्नै नदिनु अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप भएको भन्दै उनले आफूहरुको अभियान निरन्तर जारी राख्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप