पक्राउ परेका पत्रकार राई रिहा
विराटनगर । मोरङ प्रहरीद्वारा पक्राउ परेका सुनसरी पत्रकार महासंघका अध्यक्ष जनकऋषि राई रिहा भएका छन् ।
प्रदेशको नाम कोशी खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा अगाडि आयोजित पहिचानका लागि सडक साहित्य यात्रा कार्यक्रममा कविता भन्न राई त्यहाँ पुगेका थिए । प्रहरीले प्रदेशसभा भवन अगाडि नै कार्यक्रम नगर्न र केही पर गर्न भनेपनि त्यही कविता भन्न थालेपछि राईसहित अर्का साहित्यकार तथा पत्रकार सञ्जय याख्खा पनि पक्राउ परेका थिए । किरात राई लेखक संघ, किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियान, याक्थुङ लेखक संघले उक्त कार्यक्रम आयोजना गरेको थियो ।
पक्राउ परेका राईलाई झण्डै एक घण्टापछि प्रहरीले रिहा गरेको छ । प्रदेशको नाम कोशी खारेज गरी पहिचानमा आधारित नाम राख्न दबाब दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । पत्रकार तथा लेखकद्वयलाई पक्राउ परेको विषयमा आपत्ती जनाउँदै किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानका संयोजक भद्रगोल किराँतीले कोशी प्रदेश सरकार कविता तथा बोलीबाट पनि डराउन थालेको बताए । कविता भन्नै नदिनु अभिव्यक्ति स्वतन्त्रता माथि हस्तक्षेप भएको भन्दै उनले आफूहरुको अभियान निरन्तर जारी राख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण