सामाजिक सञ्जालमा जथाभाबी लेख्ने पार्टी नेतामाथि राप्रपाले छानबिन थाल्यो
काठमाडौँ । राप्रपाले विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेको, केही जिल्ला र कमिटीहरूमा आन्तरिक विवाद र समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भइरहेको भन्ने विभिन्न तहबाट आएका गुनासोको समाधानका लागि समिति गठन गरेको छ।
जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्न निर्देशन समितिको बैठकद्वारा पार्टीको सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा गठित निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समितिमा सदस्य थप गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
समितिको सदस्य सचिवमा वरिष्ठ अधिवक्ता केन्द्रीय सदस्य राजु बस्नेत, सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्री त्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ रहेका छन् ।
गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उम्मेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निष्क्रिय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिनको प्रक्रिया अघि बढाइएको समितिका सदस्य प्रकाश रिमालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण