कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने
कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी दिए ।
समझदारीपत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विई सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् ।
प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माण हुने भएपछि आफूलाई खुसी लागेको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले बताए । विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्नु गर्वको विषय भएको उनले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तुको विकासमा मूर्ति निर्माणले नयाँ आयाम थपिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘म्यारिज प्रपोजल’ पुनः मञ्चन गर्दै कुञ्ज थियटर
-
३०औँ वर्षगाँठ मनाउँदै १९७४ एडी, पहिलो अन्तर्राष्ट्रिय टुर अमेरिकाबाट
-
नेप्से ५ अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार
-
मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राईको दाबी
-
पल शाहको स्पष्टीकरण : ‘पुजार सार्की’मा छोटो भएपनि महत्त्वपूर्ण भूमिका छ
-
मुख्यमन्त्री कँडेल तीन पटक काठमाडौँ धाए, सरकारले अझै पूर्णता पाएन