भारत र नेपालका राष्ट्रपतिबीच फोन वार्ता
शुक्रबार, ०३ चैत २०७९, १८ : ५९

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई फोन गरी शुभकामना तथा बधाई दिएकी छन् ।
राष्ट्रपति मुर्मुरले शुक्रबार साँझ समकक्षी राष्ट्रपति पौडेललाई फोन गरेकी हुन् ।
केरला भ्रमणमा रहेकी मुर्मुरले राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिँदै नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरेको बताइएको छ ।
उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरेका छन् ।
राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुरले विश्वास व्यक्त गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो
-
‘पाक समर्थक’ र ‘गद्दार’ भन्दै असममा धमाधम आलोचक र पत्रकार पक्राउ गरिँदै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी