डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
शुक्रबार, ०३ चैत २०७९, २१ : १४
काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन् । आज चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत बनेका हुन् ।
साधारणसभाबाट अन्य पदाधिकारीहरु समेत सर्वसम्मत बनेका छन् । अध्यक्षमा श्रेष्ठ सर्वसम्म निर्वाचिन बन्दा उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा निर्वाचित बनेका छन् ।
यस्तै, सचिव पदमा सिन्धु विकास बैंकका रामकुमार गिरी, कोषाध्यक्षमा लुम्विनी विकास बैंक प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा निर्वाचित बनेका छन् । यसका साथै, सदस्यहरुमा साइन रेसुंगाका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट, एक्सेल डेभलपमेन्ट बैंकका डा.इन्द्र कट्टेल निर्वाचिन बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण