शनिबार दशरथ रंगशालामा क्रिकेट खेलाडीलाई सम्मान गरिने
काठमाडौँ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिने भएको छ । शनिबर बेलुका ५ः ३० मा ए डिभिजन लिग अन्तरगत सशस्त्र प्रहरी र मनाङ मस्याङ्दीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको एमडीएसी स्पोर्टसका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।
नेपाल आइसिसी एकदिवसीय विश्वकप छनौट चरणमा नेपाल प्रवेश गरेको अवसरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको उनको भनाइ छ । सम्पूर्ण राष्ट्रिय क्रिकेट खेलाडीहरु उपस्थित हुने भोलिको खेलमा टिकटबाट प्राप्त हुने सम्पुर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिने उनले बताए ।
सो खेलमा उपस्थित भएर क्रिकेट र फुटबललाई एकसाथ सम्मान र हौसला प्रदान गर्न उनले सबैमा अनुरोध गरेका छन् । उनका अनुसार रंगशालाको सामान्य प्याराफिटतर्फको रु १०० र भीआईपी प्याराफिटतर्फको रु ३०० को टिकट शहीद स्मारक लिगको आधिकारिक टिकेटिङ पार्टनर इसेवामार्फत खरिद गर्न सकिन्छ । साथै, गेटमा आएर पनि टिकट खरिद गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण