शनिबार दशरथ रंगशालामा क्रिकेट खेलाडीलाई सम्मान गरिने
_J8GbE1BTJh.jpg)
काठमाडौँ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिने भएको छ । शनिबर बेलुका ५ः ३० मा ए डिभिजन लिग अन्तरगत सशस्त्र प्रहरी र मनाङ मस्याङ्दीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको एमडीएसी स्पोर्टसका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।
नेपाल आइसिसी एकदिवसीय विश्वकप छनौट चरणमा नेपाल प्रवेश गरेको अवसरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गरिने भएको उनको भनाइ छ । सम्पूर्ण राष्ट्रिय क्रिकेट खेलाडीहरु उपस्थित हुने भोलिको खेलमा टिकटबाट प्राप्त हुने सम्पुर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिने उनले बताए ।
सो खेलमा उपस्थित भएर क्रिकेट र फुटबललाई एकसाथ सम्मान र हौसला प्रदान गर्न उनले सबैमा अनुरोध गरेका छन् । उनका अनुसार रंगशालाको सामान्य प्याराफिटतर्फको रु १०० र भीआईपी प्याराफिटतर्फको रु ३०० को टिकट शहीद स्मारक लिगको आधिकारिक टिकेटिङ पार्टनर इसेवामार्फत खरिद गर्न सकिन्छ । साथै, गेटमा आएर पनि टिकट खरिद गर्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श
-
कोहलीको रेकर्ड, सेफर्डको विस्फोटक ब्याटिङ : चेन्नईसामु विशाल लक्ष्य