उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने
शुक्रबार, ०३ चैत्र २०७९, २१ : ३२

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगका अनुसार शुक्रबार सम्पन्न निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । यस्तै पराजित उम्मेदवार अष्टलक्ष्मी शाक्य (बोहरा) ले १६ हजार ३२८ मतभार, ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरे ।
निर्वाचनमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयको बजेटमा वर्षेनी कैँची
-
पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन
-
पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने
-
पीएलएफआईका नेतालाई नेपालले भारत सुपुर्दगी गरेको आरोप
-
विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन
-
महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?