विश्व स्वास्थ्य संगठनद्वारा बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा
ब्राज्जाभिल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुरुन्डीमा तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।
बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँचवटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ ।
पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ । यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पुर्याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।
डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा सङ्क्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताएका छन् । उनले भने, ‘हामी कुनै पनि बच्चा छुट्न नपरोस् र पोलियोको कमजोर प्रभावको कुनै जोखिम नहोस् भनेर सुनिश्चित गर्नका लागि पोलियो खोपलाई बढावा दिने राष्ट्रिय प्रयासलाई सहयोग गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण