आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनद्वारा बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

शुक्रबार, ०३ चैत २०७९, २२ : २४
शुक्रबार, ०३ चैत २०७९

ब्राज्जाभिल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले  बुरुन्डीमा तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको शुक्रबार जनाएको छ ।  संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।

बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् ।   अन्य पाँचवटा नमुना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ ।

पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ ।  यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पुर्याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।

डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा सङ्क्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताएका छन् । उनले भने, ‘हामी कुनै पनि बच्चा छुट्न नपरोस् र पोलियोको कमजोर प्रभावको कुनै जोखिम नहोस् भनेर सुनिश्चित गर्नका लागि पोलियो खोपलाई बढावा दिने राष्ट्रिय प्रयासलाई सहयोग गरिरहेका छौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप