दराजद्वारा सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु

काठमाडौँ । दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४लाईदराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। ।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ से. मी. (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ । यसको अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ - तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिन्छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ । सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षपछि ‘टोल ट्याक्स’ बिउँताउँदै सरकार
-
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम
-
यस्ता छन् कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ