कच्चा तेलको मूल्य ६ दिनमा प्रतिब्यारेल १० डलर घट्यो
काठमाडौँ । पछिल्लो ६ दिनको अवधिमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको ओयल प्राइस डटकमले जनाएको छ । कच्चा तेलको मूल्यबारे जानकारी राख्ने ओयल प्राइसले सोमबार यता प्रतिब्यारेल १०.१८ डलरले ब्रेन्ट क्र्यूड आयलको मूल्य घटेको जनाएको हो । सोमबार (मार्च १३) मा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८३.१५ डलर थियो । जबकि, आज मार्च १८ मा आइपुग्दा १०.१८ डलरले घटेर प्रतिब्यारेल ७२.९७ डलरसम्म आइपुगेको छ । यसअघि, हिजो ब्रेन्ट आयलको मूल्य ७२.०९ डलरसम्म आइपुगेको थियो ।
यस्तै, मार्च ६ को तुलनामा कच्चा तेलको मूल्य झनै धेरैले घटेको छ । उक्त मितिमा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८६.१८ डलर थियो । विश्वमा ब्रेन्ट र डब्लूटीआई गरी दुईवटा बेञ्चमार्कमा कच्चा तेलको धेरैजसो खरिद बिक्री हुन्छ । यसमध्ये पनि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खरिद बिक्रीमा ब्रेन्ट बेञ्चमार्कको प्रयोग गरिन्छ र अमेरिकाले भने डब्लूटीआई बेञ्चमार्क प्रयोग गर्छ ।
यस्तै, हाल डब्लूटीआई बेञ्चमार्कको क्र्यूड आयालको मूल्य भने प्रतिब्यारेल ६६.७४ डलर छ । मार्च १३ मा यसको मूल्य प्रतिब्यारेल ७७.०७ डलर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण