नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराँती

काठमाडौँ । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्वीकार गरेका हुन् । उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उनको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए ।
उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए । मन्त्री किराँतीले भने– ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाहीँ यहाँ पनि छ । हाम्रो चाहीँ केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अब । भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अबको पर्यटन भनेको चाहीँ प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्छ ।’
मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र घेराउको त्रासले कोशी प्रदेशसभा बैठक अनिश्चित
-
कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी
-
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?
-
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता
-
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी