तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौँ सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता उदयपुरको कटारी नगरपालिका-४ ककुरखोला पुलस्थित सडकमा बा.५ ख ४६५३ नम्बरको टिपरले बाग्मती प्रदेश ०२-०१९ प ४९१५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका-७ बस्ने २१ वर्षीय सुधिर कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति