तिलगंगामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।
ना.३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौँ सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता उदयपुरको कटारी नगरपालिका-४ ककुरखोला पुलस्थित सडकमा बा.५ ख ४६५३ नम्बरको टिपरले बाग्मती प्रदेश ०२-०१९ प ४९१५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका-७ बस्ने २१ वर्षीय सुधिर कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी पुरानो पुस्तासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले
-
ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण