जनतासँग टुटेको सम्बन्धलाई सुधार गर्दै जान्छौँ : पोख्रेल
मेचीनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोख्रेलले जनताको मुद्दा, सडक र सदनलाई व्यवस्थित गर्ने अभियान लिएको आएको बताएका छन् । ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान‘को उद्घाटनपछि सम्बोधन गर्दै स्कुल विभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले जनताको समस्याको साझेदारको रूपमा माओवादी केन्द्रले अभियान सुरु गरेको जानकारी दिँदै जनताको बीचको टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए ।
नेता नेता पोख्रेलले भने, ` नागरिकबिचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।´ संविधान सभा सदस्य पोख्रेलले उत्पीडनमा परेका, विभेदमा रहेका मात्रै होइन नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचारसहित समाज निर्माण गर्न माओवादीका कार्यकर्ता तयार हुनसमेत निर्देशन गरेका थिए ।
वर्तमान राजनीति अवस्थाको बारेमा सहभागीलाई स्पष्ट पार्दै भने, `अभियानपछि माओवादी केन्द्र पहिलो पार्टी बन्छ, टुक्रिएका माओवादी घटक पार्टीहरू एक हुने अवस्थामा छन्, त्यस कारण पनि आउने निर्वाचनबाट पहिलो पार्टी हुने निश्चित छ ।´ प्रतिगामी शक्तिलाई परास्त गर्न जनताबाट आएको उपलब्धिलाई शिरोधार्य गर्दै पार्टीले रूपान्तर खोजेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण