शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमृत साइन्स क्याम्पसमा फेरि अर्को ताला

आइतबार, ०५ चैत २०७९, १० : १५
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)मा फेरि अर्को ताला लगाइएको छ। अखिल क्रान्तिकारीले विभिन्न माग राखेर तालाबन्दी गरेको हो। यसअघि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको थियो। आज पुनः प्रशासनमा समेत ताला लगाएको हो। 

अखिलको तालाबन्दीका कारण आज हुने स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रृटीपुर्ण निर्वाचन प्रक्रिया खारेज गर्दै नयाँ निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने, असक्षम निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्त गर्नुपर्ने लगायतका माग अघि सारेको छ। 

यसअघि निर्वाचन अधिकृतले निर्वाचन गराउने वातावरण नभएको भन्दै राजीनामा दिएका थिए। त्यसपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। 

अखिलले आफ्ना सम्बोधन नगरेको खण्डमा तालाबन्दी नखोल्ने अडान लिएको छ।

335895864_3389218308013713_4636986980074760275_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप