अमृत साइन्स क्याम्पसमा फेरि अर्को ताला
आइतबार, ०५ चैत २०७९, १० : १५
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)मा फेरि अर्को ताला लगाइएको छ। अखिल क्रान्तिकारीले विभिन्न माग राखेर तालाबन्दी गरेको हो। यसअघि निर्वाचन अधिकृतको कार्यालयमा लगाइएको थियो। आज पुनः प्रशासनमा समेत ताला लगाएको हो।
अखिलको तालाबन्दीका कारण आज हुने स्ववियु निर्वाचन अनिश्चित बनेको छ। त्रृटीपुर्ण निर्वाचन प्रक्रिया खारेज गर्दै नयाँ निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने, असक्षम निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्त गर्नुपर्ने लगायतका माग अघि सारेको छ।
यसअघि निर्वाचन अधिकृतले निर्वाचन गराउने वातावरण नभएको भन्दै राजीनामा दिएका थिए। त्यसपछि नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको थियो।
अखिलले आफ्ना सम्बोधन नगरेको खण्डमा तालाबन्दी नखोल्ने अडान लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण