ग्वार्कोमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु
आइतबार, ०५ चैत २०७९, ११ : ०९
ललितपुर । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो । घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ । बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी पुरानो पुस्तासँग लड्न होइन, राजनीतिक संस्कार सिकाउन आएका हौँ : डा.वाग्ले
-
ब्राजिलका राष्ट्रपतिले नेयमारलाई ‘वर्क फ्रम होम’ खेलाडी भनेपछि...
-
निको कप महिला टि-ट्वान्टी क्रिकेटः लुम्बिनीलाई पराजित गर्दै कोशी विजयी
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण