बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय

आइतबार, ०५ चैत २०७९, ११ : ३५
आइतबार, ०५ चैत २०७९

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।’ 

महामन्त्री थापाकाअनुसार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे कांग्रेसको संसदीय दलको बैठकले कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने छ । यो निर्णयसँग संसदमा कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने महामन्त्री थापाले बताए ।  यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो ।

सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेन्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप