अखिल क्रान्तिकारीले खोल्यो खाता, रामपुर बहुमुखी क्याम्पसमा पुरै प्यानल विजयी
कञ्चनपुर । अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलेको छ । कञ्चनपुरको बेलौरीमा रहेका रामपुर बहुमुखी क्याम्पसमा पुरै प्यानल विजयी भएको हो ।
अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेकी सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो ।
उनले अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् ।
तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत ल्याए ।
त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् ।
सदस्यहरूमा अखिल क्रान्तिकारीकै बबिता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएका छन् ।
निर्वाचित भएका सबैलाई रामपुर बहुमुखी क्याम्पस प्रमुख एव निर्वाचन अधिकृत मदन बहादुर चन्दले प्रमाणपत्र प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण