शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीले खोल्यो खाता, रामपुर बहुमुखी क्याम्पसमा पुरै प्यानल विजयी

आइतबार, ०५ चैत २०७९, १५ : ४८
आइतबार, ०५ चैत २०७९

कञ्चनपुर । अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनमा खाता खोलेको छ । कञ्चनपुरको बेलौरीमा रहेका रामपुर बहुमुखी क्याम्पसमा पुरै प्यानल विजयी भएको हो । 

अखिल (क्रान्तिकारी) को तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेकी सरस्वती तिरुवासहित पुरै प्यानल निर्वाचित भएको हो । 

उनले अनेरास्ववियु र नेविसंघका उम्मेदवारलाई हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् । 

तिरुवाले १५ मत पाएकी छिन् । त्यस्तै नेविसंघका धनीराम चौधरीले ५ र अनेरास्ववियुकी बिमला रेग्मीले ४ मत ल्याए । 

त्यस्तै सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन् । रमिताले १७ मत पाएकी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी सोभा विष्टले ३, नेविसंघकी सीता पुजाराले ३ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६ मत पाइन् । नेविसंकी लिला रानाले ५ र अनेरास्ववियुकी निसा विकले ३ मत पाइन् । 

सदस्यहरूमा अखिल क्रान्तिकारीकै बबिता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएका छन् । 

निर्वाचित भएका सबैलाई रामपुर बहुमुखी क्याम्पस प्रमुख एव निर्वाचन अधिकृत मदन बहादुर चन्दले प्रमाणपत्र प्रदान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप