बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका २२ वटा आंगिक क्याम्पसमध्ये १४ मा मात्रै निर्वाचन

आइतबार, ०५ चैत २०७९, २० : ४०
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौँ उपत्यकाका १४ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन सम्पन्न भएको छ । उपत्यकामा रहेका २२ वटा आंगिक क्याम्पसहरूमध्ये १४ वटामा मात्रै निर्वाचन भएको हो । 

बाकीमा आन्तरिक विवादका कारण तोकिएको मितिमा निर्वाचन हुन सकेन । उपत्यकाका सानोठिमी क्याम्पसमा मतदान भएको छ । १ हजार ३०२ मतदाता रहेको सानोठिमीमा ७९५ विद्यार्थीले मतदान गरेका छन् । त्यस्तै ४ हजार १ मतदाता रहेको भक्तपुर क्याम्पसमा २ हजार २२ विद्यार्थीले मतदान गरेका छन् । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा २ हजार ६९९ विद्यार्थी रहेकोमा २ हजार ३४१ विद्यार्थीले मतदान गरेका थिए । पुल्चोकमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । 

त्यस्तै थापाथली इन्जिनियरिङ क्याम्पसमा १ हजार ७३८ विद्यार्थी रहेकोमा १ हजार ५५० विद्यार्थीले मतदान गरेका थिए । जहाँ नेविसंघका पुष्कर शाही निर्वाचित भए । थापाथलीमा समेत विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । 

त्यस्तै ५ हजार ६६९ मतदाता रहेको पद्यकन्या क्याम्पसमा १ हजार ८१७ विद्यार्थीले मतदान गरेका छन् । 

त्यस्तै १ हजार ३१० जना विद्यार्थी रहेको महाराजगंज चिकित्सा क्याम्पसमा १ हजार १८२ विद्यार्थीले मतदान गरेका छन् । महाराजगञ्जकै महाराजगञ्ज नर्सिङ क्याम्पसमा ३६९ मतदाताहरु रहेकोमा ३५१ विद्यार्थीले मतदान गरेका छन् । 

त्यस्तै २ हजार ४५३ मतदाता रहेको सरस्वती क्याम्पसमा १ हजार ३३४ विद्यार्थीले मतदान गरेका छन् । 

त्यस्तै ४ हजार १३९ मतदाता रहेको पब्लिक युथ क्याम्पसमा १ हजार ७५६ विद्यार्थीले मतदान गरेका छन् । 

ताहचलमा रहेको महेन्द्ररत्न क्याम्पसमा २ हजार ४३ विद्यार्थी रहेकोमा ८७८ विद्यार्थीले मतदान गरेका छन् । 

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ३ हजार ४२२ विद्यार्थी मध्ये २ हजार ७६ विद्यार्थीले मतदान गरेका थिए । विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेर मतदान गरिएको थियो । केन्द्रीय क्याम्पसमा नेविसंघका श्यामराज ओझा निर्वाचित भएका छन् । 

त्यस्तै २ हजार ६९ मतदाता विद्यार्थी रहेको नेपाल ल क्याम्पसमा १ हजार २६६ विद्यार्थीले मतदान गरेका छन् । 

त्यस्तै १ हजार २२५ मतदाता विद्यार्थी रहेको जनप्रशासन क्याम्पसमा ८३६ विद्यार्थीले मतदान गरेका छन् । 

त्यस्तै शंकरदेव क्याम्पसमा ८ हजार ४ सय ८५ मतदाता रहेकोमा ३ हजार १७७ विद्यार्थीले मतदान गरेका छन् । त्यस्तै ६७१ विद्यार्थी रहेको ललितकला क्याम्पस कीर्तिपुरमा ३०८ विद्यार्थीले मतदान गरेका छन् । 

देशभरका क्याम्पसहरूमा ६० प्रतिशत मतदान भएको प्रारम्भिक नतिजाले देखाएको छ । उपत्यकाका पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र विश्वविद्यालय क्याम्पसमा विद्युतीय मतदान भएको थियो । 

उपत्यकाभित्र आइतबार मतदान हुन नसकेका आंगिक क्याम्पसहरूमा आयुर्वेद क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप