निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ अगावै स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगित भएका क्याम्पसमा चैत्र १२ गते अगाडि स्ववियु निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै आज (आइतबार) स्ववियु निर्वाचन नभएका क्याम्पसमा चैत्र १२ गते अगाडि गर्न निर्देशन दिएको हो ।
उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले विज्ञप्ति जारी गर्दे भनेको छन्,'स्थगन भएका क्याम्पस र कलेजहरूमा पनि आगामी चैत्र १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सो अगावै आपसी समझदारी कायम गर्दै कसैले कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रविन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्वकर्ता, विद्यार्थी वर्ग, सबै राजनैतिक दल, स्थानीय प्रशासन, आमसञ्चार जगत, अभिभावक वर्गलगायत सम्बन्धित सम्पूर्ण पक्षलाई हार्दिक अनुरोध गर्दछु ।'
त्रिविले शैक्षिक पात्रोलाई स्थिर बनाएर पठनपाठनलाई अभियानको रूपमा सञ्चालन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धि गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै त्रिविले आइतबार भएको स्ववियु निर्वाचनमा केही क्याम्पस र कलेजहरूमा सामान्य विवाद भएपनि अधिकांश स्थानमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण