पोर्न स्टारसँगको सम्बन्ध, पक्राउ पर्न सक्ने ट्रम्पलाई डर

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफू पक्राउ पर्न सक्ने आशंका व्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई यसको विरुद्ध व्यापक विरोध गर्न अपिलसमेत गरेका छन् । यद्यपि उनका वकिलले कानुनी एजेन्सीहरूसँग कुनै कुराकानी नभएको र ट्रम्पको दाबी मिडिया रिपोर्टमा आधारित रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार ट्रम्पविरुद्ध अर्को साता मुद्दा दायर गर्ने तयारी गरिएको छ।
यदि यस्तो भयो भने अमेरिकी पूर्व राष्ट्रपतिले आपराधिक मुद्दाको सामना गर्नुपरेको पहिलो अवसर हुनेछ ।
के हो मामिला ?
यो मुद्दा २०१६ को हो जसमा डोनाल्ड ट्रम्पमाथि आरोप छ कि उनका वकिलले राष्ट्रपति चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई कथित रूपमा पैसा दिएका थिए । यो पैसा ट्रम्पको नाममा दिइएको थियो। क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको लेक टोहोय होटलमा सन् २००६ मा ट्रम्पलाई भेटेको डेनियलले दाबी गरेकी छन् ।
त्यतिबेला ट्रम्प व्यापारी मात्र थिए । सन् २०११ मा डेनियलले इनटच पत्रिकालाई एक अन्तर्वार्ता दिएकी थिइन्, जुन यस वर्ष जनवरीमा प्रकाशित भएको थियो । त्यसमा उनले ट्रम्पले आफूलाई डिनरमा निम्तो दिएको बताउँदै उनी ट्रम्पको होटलको कोठामा भेट्न गएको दाबी गरेको छिन्। डेनियलले होटलमा ट्रम्पसँग यौनसम्बन्धसमेत राखेको दाबी गरेको छन् । यद्यपि उनको दाबीलाई ट्रम्पले अस्वीकार गरेको ट्रम्पका निजी वकिलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर