लोकसेवामा आकर्षण : ३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त
काठमाडौं । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८र७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ ।
बेरोजगारी बढेको र लोकसेवाले निस्पक्षतापूर्वक परीक्षा सञ्चालन गर्ने भएकाले लोकसेवाको परीक्षाप्रति युवायुवतीहरुको आकर्षण बढेको हो । लोकसेवामा कुनै सोर्सफोर्स हँुदैन । लोकसेवाले मेरिटोक्रेसी ९योग्यता, दक्षता र क्षमता० को आधारमा परीक्षा लिएर सोहीअनुसार कर्मचारी छनोट गर्दै आइरहेको छ । सोर्सफोर्स नलाग्ने भएकाले पनि यसतर्फ धेरैको आकर्षण बढेको हो ।
लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७८र७९ मा विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो । सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो ।
३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ जिल्लाकै सहभागिता रहेको पाइएको लोकसेवा आयोगले जनाएको छ । आयोगका अनुसार लोकसेवाको परीक्षामा सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमशः सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र सिराहा रहेका छन् । ती पाँच जिल्लाबाट मात्रै कुल ६६ हजार ५ सय ९५ दरखास्त परेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण