उपराष्ट्रपतिको शपथ आज
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाडैललाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने जनाइएको छ ।
निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए ।
राष्ट्रपति पौडेलले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण