आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिको शपथ आज

सोमबार, ०६ चैत २०७९, ०६ : २७
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाडैललाई बुझाएको थियो । प्रतिवेदन बुझाएसँगै राष्ट्रपतिको कार्यालयले आजका लागि शपथ ग्रहण तय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए  । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए  । 

राष्ट्रपति पौडेलले यादवलाई सपथ गराउनेछन् । यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।  उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप