आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

सोमबार, ०६ चैत २०७९, १० : ५३
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । मन्त्रिपरिषद्ले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसलाई सोमबार बसेको मन्त्रिपरिषद्ले सदर गरेको प्रधानमन्त्रीको कार्यालयका एक जना अधिकारीले रातोपाटीलाई बताए ।  

अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । मन्त्रिपरिषद्ले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको छ । गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप