शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्ताव गरेपछि एमाले र राप्रपाका मन्त्रीले राजीनामा दिए : प्रचण्ड

सोमबार, ०६ चैत २०७९, १३ : ३१
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्ताव गरेपछि अचानक एमाले र राप्रपाका मन्त्रीले राजीनामा दिएको टिप्पणी गरेका छन् । संसदमा विश्वासको मत लिनेक्रममा बोल्दै प्रचण्डले मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको विश्वासको मत समेत फिर्ता लिएपछि पुनः संविधान बमोजिम विश्वासको मत लिन लागेको बताए । 

‘फेरि विश्वासको मत लिन यति छिट्टै समय आउला भन्ने सोचेकै थिइन । संसदसमक्ष अनुरोध गर्नुपर्छ भन्ने सोचेकै थिइन’ प्रचण्डले भने, ‘राजनीतिक प्रतिवद्धता सहित सरकार गठन गरेका थियौं । मैले मात्रै होइन सहयात्री सबै दलका साथीहरुले समेत संसदको स्थायत्वको बाचा गर्नुभएको थियो । प्रधानमन्त्री र मन्त्रीबीच न कुनै ठुला नीतिगत मतभेद देखिए । न कुनै कार्यशैलीगत मतभेद देखिएको थियो । क्याविनेट बैठक सधैं सहौर्दपूर्ण रहे ।’

प्रधानमन्त्री र मन्त्रीबीच व्यक्तिगत सम्बन्ध सुमधुर भएपछि एमाले र राप्रपाका मन्त्रीले राजीनामा दिएको प्रचण्डले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप