नेपाललाई ४ खर्ब ४० अर्ब प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्षमा उद्योग विभाग अन्तर्गत नेपाललाई चालु आर्थिक वर्षमा करिब २० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ । सोमबार संसदमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भने करिब रू ४ खर्ब ४० अर्ब पुगेको जानकारी दिए । यसैगरी लगानी बोर्डमार्फत हालसम्म करिब रू १० खर्ब ४० अर्ब लगानी प्रतिबद्धता प्राप्त भएको पनि उनले बताए ।
प्रचण्डले मुलुकमा हालसम्म जडित विद्युत क्षमता २६ सय ३२ मेगावाट पुगेको र करिब ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताए । आगामी आर्थिक वर्षभित्र शतप्रतिशत जनताको बिजुलीमा पहुँच हुने प्रधानमन्त्रीको भनाइ छ । स्वदेशमा आन्तरिक खपत बढाउँदै बचत हुने विद्युत छिमेकी मुलुकहरूमा निर्यात पनि सरकारको विशेष प्राथमिकतामा रहेको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीको सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
-
आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
-
सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
-
सरकारले कृषि क्षेत्रमा ठोस नीति नल्याउँदा परनिर्भर हुनुपर्यो : सांसद केसी
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा