कपिललाई करिनाले सोधिन्, ‘रोमान्टिक हुनुहुन्छ ?’ भने – दुई सन्तान डाउनलोड गरेका त हैनौँ नि’
भारतीय हास्य कलाकार कपिल शर्माको सेन्स अफ ह्युमर निकै राम्रो छ । हालै उनी करिना कपुरको शो ‘ह्वाट वुमन वान्ट’ मा उपस्थित भएका थिए । यहाँ पनि कपिलले आफ्नो कमेडीले माहौललाई निकै राम्रो पारिदिए । कपिलको रोचक जवाफ सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् ।
कपिलले करिनाको शोमा आफ्नो गोप्य कुरा पनि खोले । कुराकानीकै क्रममा करिनाले उनलाई एउटा यस्तो प्रश्न सोधिन् जसको जवाफ कपिलले निकै रोचक दिएका छन् । करिनाले कपिललाई ‘तपाईँ रोमान्टिक हुनुहुन्छ ?’ भनेर सोधेकी थिइन् । यसको जवाफमा कपिलले भने, ‘दुई सन्तान छन्, हामीले डाउनलोड त गरेका हैनौँ, हो त ?’
कपिलको कुरा सुनेर करिनाले आफ्नो हाँसो रोक्न सकिनन् । उक्त कार्यक्रममा कपिलले आफ्ना सन्तानबारे पनि कुरा गरे ।
उनले आफ्नी छोरी निकै फन्नी भएको बताए । छोरीबारे उनी भन्छन्, ‘मेरी छोरी असाध्यै फन्नी छिन् । मलाई सबै महिला फन्नी लाग्छ । बच्चाहरु यत्तिको ओभर स्मार्ट हुन्छन् भन्ने थाहा थिएन । ’ कपिलले आफ्नो भाइरल ट्विटमा पनि जोक गरे । उनले केही वर्ष अघि नशामा हुँदा उक्त ट्विट लेखेको बताएका थिए ।
उनी भन्छन्, ‘यो ट्विटरमा भएको चरासँग मेरो कहिल्यै भेट भएको छैन । तर यसले मेरो सबै होस् उडाइदिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण