दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं : सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थितिमा खुसी हुन सकिने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘दुई महिनामा विश्वासको मत लिने परिस्थितिदेशको स्थिरताका लागि यो राम्रो होइन । यस्तो परिस्थिति पटक पटक नआओस् । यो अवसरमा हामी खुसी हुन सक्दैनौं ।’
सिद्धान्त नमिलेका दलहरु एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उनको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हामीले पहिले पनि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिएका थियौं । आज पनि हाम्रो जनमत पार्टीले लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षाका लागि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछ ।’
आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ ।
उनले भने, ‘एक दुई वटा विषयमा हाम्रो असहमति भएपनि गठबन्धन छाडिहाल्नुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन । हाम्रो पार्टी देश र शासनको स्थायित्वको पक्षमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण