बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो (फोटोफिचर)
फोटोफिचर

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो (फोटोफिचर)

सोमबार, ०६ चैत २०७९

काठमाडौँ । झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठक नेताहरुबीच घोचपेचका साथै विषयमा केन्द्रित रहेर भएको बहसपछि सकिएको छ । बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत पाए भने नेकपा एमाले विधिवत रुपमा प्रमुख प्रतिपक्षी दलको रुपमा दर्ज भयो ।  प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री  प्रचण्डले  विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै दलीय प्रतिनिधित्वका आधारमा दलहरुले आ–आफ्नो धारणा राखेका थिए । 

सो क्रममा प्रचण्डलाई विश्वासको मत दिने पक्षमा रहेका सांसदहरुले विशेषगरी एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीलाई कटाक्ष गरेका थिए । संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गरे । यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे ।  मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए । 

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।  
यस्तै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको हो । 
 
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा समीकरण बदलिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरियो । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । तस्बिर : कृष्ण खड्का/सुवास श्रेष्ठ/रातोपाटी
संसद बैठकको गतिविधि तस्बिरमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया