बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन राप्रपा नेपालको माग
काठमाडौँ । राप्रपा नेपालले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सीमा बढाउन सरकारसँग माग गरेको छ ।
सोमबार केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लघुवित्तको ऋण चक्रमा परेका विपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकले महँगी नियन्त्रण गर्न तत्काल सशक्त र प्रभावकारी कदम चाल्न तथा पुँजी बजारका लगानीकर्ताहरूको आर्थिक सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले काठमाडौँ उपत्यका भित्रका सबै वडाहरूमा चैत्र मसान्त भित्र इकाई समिति गठन गर्ने, प्राथमिकता प्राप्त १५ जिल्लाहरूका वडाहरूमा वैशाख मसान्त भित्र इकाई समिति गठन गर्ने, अन्य जिल्लाहरूमा कम्तीमा पालिका तहका जेठ महिना भित्र इकाई समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै नेताहरू राजिव पराजुली, श्याम तिमिल्सिना, सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङलगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोली जिल्लामा खटिने समेत निर्णय गरेको छ ।
यस्तै राप्रपा नेपालले चैत्र महिनाभित्र प्रदेशस्तरीय प्रशिक्षण, वैशाख महिनाभित्र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण