महिलालाई दुर्व्यवहार गर्ने दत्तको राजीनामा
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रकाश दत्तले पदबाट राजीनामा दिएका छन् ।
दत्तले इमेलमार्फत राजीनामा बुझाएका हुन् । भर्चुअल बैठक चलिरहेका बेला डिन दत्तले महिला कर्मचारीमाथि अश्लील व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयले उनलाई निलम्बन गरेको थियो । विश्वविद्यालयले प्राडा श्रवण कुमार साहको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए पनि प्रतिवेदन आउनु अगावै दत्तले राजीनामा दिएका छन्।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक पुण्य प्रसाद रेग्मीले दत्तले राजीनामा दिएको पुष्टि गरे। उनले भने,‘दत्तजीले राजीनामा दिनुभएको छ। छानबिन समितिको प्रतिवेदनपछि उहाँलाई के कारबाही गर्ने भन्ने विषयमा टुंगोमा पुग्छौं।’ यौन दुर्व्यवहार गरेको पुष्टि भएमा दत्तमाथि फौजदारी अभियोग चल्न सक्छ। उपकुलपति रेग्मीले कार्यकारी (प्रधानमन्त्री)मार्फत दत्तमाथि कारबाहीको टुंगो लाग्ने रातोपाटीलाई बताए।
दत्तले पदबाट राजीनामा दिएर कारबाहीबाट जोगिन खोजेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण