एनआरएनएको पहलमा मलेसियामा ५६ नेपाली काममा फर्किए
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियामा समस्यामा परेका ५६ नेपाली काममा फर्किएका छन् । मलेसियाको एडिके कम्पनीले खान र बस्न समेत नदिएको भन्दै उनीहरूले गुनासो गरेका थिए ।
त्यसपछि एनआरएनए एसिया प्रशान्त उपसंयोजक (डीआरसी) हरि भट्टराईलगायतको पहलमा भएको छलफलका क्रममा विमानस्थल कार्गोमा कामको लागि पुगेका ती ५६ नेपाली कामदारहरू काममा फर्कने वातावरण बनेको हो ।
समस्या समाधान गर्न नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधव भण्डारी तथा कम्पनीबीच संयुक्त छलफल भएको थियो । कामदार समस्यामा परेपछि मेनपावरका संञ्चालक भण्डारी मलेसिया पुगेका थिए ।
कम्पनीले बेसिक १५ सय रिंगेट दिने र शुक्रबारदेखि काम सुरु गर्ने गरी सहमति भएको बताइएको छ । डीआरसी भट्टराईले मलेसियामा समस्या परेमा नेपाली राजदूतावास र एनआरएनए साथमा रहेकाको भन्दै सहयोग गर्न सदैव तत्पर रहेको बताए ।
उनले कोरोनाको महामारीमा गैरआवासीय नेपाली संघले मलेसियाको कुना कुनामा रहेका नेपालीहरुको समस्यामा साथ दिएको समेत स्मरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण