शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको पहलमा मलेसियामा ५६ नेपाली काममा फर्किए

सोमबार, ०६ चैत २०७९, २२ : ५७
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा मलेसियामा समस्यामा परेका ५६ नेपाली काममा फर्किएका छन् । मलेसियाको एडिके कम्पनीले खान र बस्न समेत नदिएको भन्दै उनीहरूले  गुनासो गरेका थिए । 

त्यसपछि एनआरएनए एसिया प्रशान्त उपसंयोजक (डीआरसी)  हरि भट्टराईलगायतको पहलमा भएको छलफलका क्रममा विमानस्थल कार्गोमा कामको लागि  पुगेका ती ५६ नेपाली कामदारहरू काममा फर्कने वातावरण बनेको हो ।
समस्या समाधान गर्न नेपाली राजदूतावास, भण्डारी ओभरसिजका माधव भण्डारी तथा कम्पनीबीच संयुक्त छलफल भएको थियो । कामदार समस्यामा परेपछि मेनपावरका संञ्चालक भण्डारी मलेसिया पुगेका थिए । 

कम्पनीले बेसिक १५ सय रिंगेट दिने र शुक्रबारदेखि काम सुरु गर्ने गरी सहमति भएको बताइएको छ ।  डीआरसी भट्टराईले मलेसियामा समस्या परेमा  नेपाली राजदूतावास र एनआरएनए साथमा रहेकाको भन्दै सहयोग गर्न सदैव तत्पर रहेको बताए । 

 उनले कोरोनाको महामारीमा गैरआवासीय नेपाली संघले मलेसियाको कुना कुनामा रहेका नेपालीहरुको समस्यामा साथ दिएको समेत स्मरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप