तनहुँका विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धी प्रशिक्षण
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी सोमबार एक दिने प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो ।
काठमाण्डौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छात्रा गंगा खनालले किशोरावस्थामा आउने शारीरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे प्रशिक्षण दिएकी थिइन् । साथै सो अवसरमा विद्यालयलाई ५०० वटा सर्किजल मास्क हस्तान्तरण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ ।
मानसिक तन्दुरुस्त मानिसले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्ने हुनाले प्रशिक्षण प्रदान गरिएको हो । हरेक व्यक्तिले शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या बढ्दो गतिमा गएकोले सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण