तनहुँका विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धी प्रशिक्षण

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी सोमबार एक दिने प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो ।
काठमाण्डौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साईन्सेसमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छात्रा गंगा खनालले किशोरावस्थामा आउने शारीरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे प्रशिक्षण दिएकी थिइन् । साथै सो अवसरमा विद्यालयलाई ५०० वटा सर्किजल मास्क हस्तान्तरण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको छ ।
मानसिक तन्दुरुस्त मानिसले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्ने हुनाले प्रशिक्षण प्रदान गरिएको हो । हरेक व्यक्तिले शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या बढ्दो गतिमा गएकोले सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते
-
राजावादीहरुद्वारा संयुक्त जनआन्दोलनको घोषणा, तस्बिरमा हेर्नुहोस्
-
राजावादीले गर्यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
-
‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
-
जग्गा प्राप्ति प्रक्रियामै अल्झियो उजिरसिंह प्रादेशिक रङ्गशाला
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान