सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नैनसिंह महर
मङ्गलबार, ०७ चैत २०७९, १४ : ५९
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दश दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए।
उनले भने, ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन । सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’
उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण