बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागी हुनुभन्दा पहिले न्यूनतम साझा कार्यक्रम ल्याउनु पर्छ : नैनसिंह महर

मङ्गलबार, ०७ चैत २०७९, १४ : ५९
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दश दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको आधार तयार पारेर मात्र कांग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताए। 

उनले भने,  ‘सरकारमा सहभागी हुनुमात्रै ठूलो कुरा होइन । सहभागी हुनुभन्दा पहिले गठबन्धनका पार्टीबीच छलफल गरेर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ र त्यसपछि मात्र सरकारमा सहभागी हुँदा राम्रो हुन्छ ।’

उनले देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरेर गठबन्धन आबद्ध दलहरूमाझ लैजानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप