शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व अमेरिकी राष्ट्रपति र पोर्न स्टार : के हो ट्रम्प र डेनिएल्सको कहानी ?

मङ्गलबार, ०७ चैत २०७९, १६ : ३५
मङ्गलबार, ०७ चैत २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा पोर्न स्टार स्टोर्मी डेनिएल्सलाई एक लाख तीस हजार डलर भुक्तानी गरेको मामिलामा उनलाई पक्राउ गर्न सकिने आशङ्का व्यक्त गरेका छन् । 

यो मुद्दामा अब के हुन्छ, यो न्युयोर्क सिटी डिस्ट्रिक्ट अटोर्नी एल्विन ब्रागमा निर्भर हुनेछ ।

तर यदि ट्रम्पमाथि आपराधिक मुद्दा दर्ता हुन्छ भने उनी पक्राउ पर्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुनेछन् ।

उनले आरोपको खण्डन गरेका छन् । यसबारे थप जानकारी लिऔँ ।

stormyस्टोर्मी डेनिएल्स को हुन् ?

स्टोर्मी डेनिएल्सको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो जसको जन्म लुइसियानामा सन् १९७९ मा भएको थियो ।

उनले पहिले पोर्न फिल्म उद्योगमा अभिनेत्रीको रूपमा काम गर्न थालेकी थिइन् । सन् २००४ देखि उनले लेखक तथा निर्देशकको रूपमा पनि काम गर्न थालिन् ।

स्टेज परफर्मरका लागि उनको नामको पछाडि पनि एउटा रोचक कहानी छ । उनको नाममा स्टोर्मी शब्द चर्चित अमेरिकी ब्यान्ड मोत्ले क्रियूका बेस गिटारिस्ट निक्की सिक्सकी छोरी स्टोर्मबाट लिइएको हो जबकि डेनिएल्स, अमेरिकी ह्विस्की ब्रान्ड ज्याक डेनिएल्सबाट लिइएको हो ।

अमेरिकाको दक्षिण हिस्साबाट आएकी क्लिफर्डले यो ह्विस्कीको विज्ञापन देखेकी थिइन् जसमा ‘यो दक्षिणी अमेरिकामा बस्ने मानिसको मनपर्ने ड्रिङ्क हो’ भनी दाबी गरिएको थियो ।

यद्यपि, द ४०–इयर ओल्ड भर्जिन र हुक अप जस्ता फिल्महरूमा क्यामियो भूमिकाहरू र पप ब्यान्ड मरुन फाइभको वेक अप कल गीतको भिडियोले उनलाई थोरै लोकप्रियता दिलायो । 

सन् २०१० मा, उनी लुइसियानाबाट अमेरिकी सिनेटको लागि उम्मेदवारीको दौडमा थिइन् ।

तर, पछि आफूलाई गम्भीरतापूर्वक नलिइएको भन्दै उनी यसबाट पछि हटिन् ।

 

trump1ट्रम्पलाई के आरोप लगाइन् ?

यो मामला जुलाई २००६ मा सुरु हुन्छ, त्यति बेलासम्म ट्रम्पले अमेरिकी राष्ट्रपति बन्नका लागि गम्भीर प्रयास थालेका थिएनन् ।

डेनिएल्सको दाबी अनुसार उनले क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको टोहे लेकमा च्यारिटी गल्फ प्रतियोगिताको क्रममा ट्रम्पलाई भेटेकी थिइन् ।

सन् २०११ मा ‘इन टच वीकली’ लाई दिएको अन्तरवार्तामा ट्रम्पले उनलाई डिनरको निम्तो दिएको र उनी उनको होटेलको कोठामा भेट्न गएको बताएकी थिइन् ।

यो अन्तरवार्ता सन् २०११ मा दिइएको थियो तर सन् २०१८ मा जारी भएको थियो ।

यो अन्तरवार्तामा डेनिएल्सले भनिन्, ‘उनी सोफामा पल्टिरहेका थिए । टिभी हेरिरहेका थिए वा केही गरिरहेका थिए । उनले पाइजामा लगाइरहेका थिए ।’

डेनिएल्सले दाबी गरेअनुसार त्यस रात होटेलमा यी दुईबीच यौन सम्बन्ध स्थापित भयो ।

तर, ट्रम्पका वकिलले भने उनका क्लाइन्टले यो कुरालाई पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् ।

यदि डेनिएल्सको कुरा साँचो हो भने यो घटना ट्रम्पका सबैभन्दा कान्छो छोरा ब्यारनको जन्मको चार महिनापछि भएको थियो ।

मार्च सन् २०१८ मा एक टिभी अन्तरवार्तामा डेनिएल्सले उनलाई यो सम्बन्धबारे चुप बस्न धम्कीपूर्ण सल्लाह दिइएको दाबी गरिन् ।

उनले आरोप लगाएकी छिन्, ‘सन् २०११ मा मैले ‘इन टच वीकली’ लाई अन्तरवार्ता दिन हुन्छ भनेँ, त्यसको केही दिनपछि लस भेगासको एउटा कार पार्कमा एक व्यक्ति मसँग आएर भने, ‘ट्रम्पलाई एक्लै छोडिदेउ ।’

अहिले यो विषय किन उठ्यो ?

जनवरी २०१८ मा, अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले एउटा लेख प्रकाशित गर्यो । यसले दाबी गरेको छ कि राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा डेनिएल्सलाई १,३०,००० तिरेका थिए ।

ट्रम्पले यो चुनाव जितेका थिए ।

डेनियल्सले अमेरिकी अखबार नेशनल इन्क्वायररलाई आफ्नो अफेयरको कथा बेच्नको लागि सम्पर्क गरेको बताइन्छ ।

जर्नलका अनुसार क्लिफर्डलाई यो रकम ट्रम्पसँगको आफ्नो अफेयर सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत दिइएको हो ।

के यो अवैध थियो ?

कानुनी रूपमा यो भुक्तानी अवैध थिएन । तर जब ट्रम्पले कोहेनलाई भुक्तानी गरे, उनले यसलाई कानुनी शुल्कको रूपमा रेकर्ड गरे ।

न्युयोर्क प्रशासनका वकिलका अनुसार यो ट्रम्पको तर्फबाट उनको कागजातमा छेडछाडको मामला हो, जुन न्युयोर्कमा आपराधिक कार्य हो ।

सार्वजनिक अभियोजकहरूले ट्रम्पलाई यस मामलामा चुनावी नियमहरू उल्लङ्घन गरेको आरोप पनि लगाउन सक्छन् ।

किनभने ट्रम्पले स्टेफनी डेनिएल्सलाई गरेको भुक्तानी लुकाउने प्रयास गरिएको थियो ताकि उनले आफ्नो र स्टेफनीडेनिएल्सबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन सकुन् ।

american 1के ट्रम्पमाथि आरोप लगाइनेछ ?

न्युयोर्क सहरका जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागसँग ट्रम्पविरुद्ध अभियोग दर्ता गर्ने अधिकार छ ।

ट्रम्प विरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण छ कि छैन भनी पत्ता लगाउन उनले एउटा ठुलो ज्युरी गठन गरेका छन् ।

हाल ट्रम्प विरुद्ध अभियोग लगाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा उनलाई मात्र थाहा छ ।

ट्रम्पका वकिलहरूले गत हप्ता भनेका थिए – पूर्व राष्ट्रपतिलाई ज्युरीको अगाडि उपस्थित हुने मौका दिइयो, यसले अनुमान लगाइँदै छ कि अनुसन्धान अन्त्य नजिकै छ ।

ट्रम्पका वकिलहरूले पनि आफू र ट्रम्पलाई अभियोगको कुनै अग्रिम सूचना नभएको बताएका छन् ।

वकिलका अनुसार ट्रम्पको टिप्पणी मिडिया रिपोर्टहरूमा आधारित छ ।

माइकल कोहेनलाई सन् २०१८ मा ट्रम्पको चुनावी अभियानको क्रममा सन् २०१६ माडेनिएल्सर अर्की एक महिलालाई पैसा तिरेको र अन्य अपराध गरेकोमा दोषी ठहर गरेपछि जेल सजाय सुनाइएको थियो ।

मार्च २० मा, ट्रम्पका कानुनी सल्लाहकार माइकल कोहेनको बयान दर्ता गरिने अनुमान गरिएको थियो ।

स्टर्मी डेनिएल्सले यस अनुसन्धानसँग सम्बन्धित वकिलहरूलाई पनि भेटेकी छिन् ।

यो विषय किन यति महत्त्वपूर्ण छ ?

पूर्व राष्ट्रपतिका समर्थकहरू यहाँसम्म कि धार्मिक रूपमा दक्षिणपन्थीले पनि उनको विगतको व्यवहार र महिलाहरूले उनीमाथि लगाएका आरोपहरूलाई खारेज गरेका छन् ।

तर स्टोर्मी डेनिएल्सको मुद्दाको अदालतमा सुनुवाइ हुनेछ ।

ट्रम्पले सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पुनः चुनावी मैदानमा उत्रने इच्छा व्यक्त गरेका छन्, यसैलाई मध्यनजर गर्दै यस विषयको निर्णय निकै महत्त्वपूर्ण बनेको छ ।

बीबीसीका उत्तरी अमेरिकाका संवाददाता एन्थोनी जुर्चरका अनुसार अभियोग लगाइँदा वा आपराधिक सजायले पनि ट्रम्पलाई अर्को राष्ट्रपति चुनावमा उम्मेदवार हुनबाट रोक्ने छैन ।

वास्तवमा, अमेरिकी कानुनमा त्यस्तो कुनै प्रावधान छैन जसले अपराधमा दोषी ठहरिएकालाई राष्ट्रपति चुनावमा उत्रिन वा राष्ट्रपति बन्न रोक्नेछ ।

कोही व्यक्तिले जेलमा रहँदा पनि अमेरिकी राष्ट्रपतिको पद धारण गर्न सक्छन् ।

यद्यपि, ट्रम्पको गिरफ्तारीले राष्ट्रपतिको लागि उनको दाबीलाई निश्चित रूपमा गाह्रो बनाउनेछ ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप