बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा बिना कपडा भेटिइन् अमेरिकी अभिनेत्री अमान्डा, सायकायट्रिक वार्डमा पठाइयो

बुधबार, ०८ चैत २०७९, १० : २७
बुधबार, ०८ चैत २०७९

हालै अमेरिकी नायिका अमान्डा बायन्स लस एन्जेलिसको सडकमा कपडा बिना नै घुमिरहेको भेटिइन् । मिडिया रिपोर्टका अनुसार अमान्डाले आफैँ इमर्जेन्सी नम्बर डायल गरिन् र मद्दतका लागि प्रहरीलाई बोलाइन् । अमान्डालाई हाल उपचारका लागि सायकायट्रिक वार्डमा पठाइएको छ ।

एनबीसी न्युजका अनुसार अमान्डाले सडकमा हात देखाएर गाडी रोकिन् र त्यसपछि ड्राइभरसँग मद्दत मागिन् । उनले ड्राइभरसँग भनिन्, ‘म सायकायट्रिक एपिसोडबाट गुज्रिरहेकी छु । मलाई मद्दतको आवश्यकता छ ।’ उनले ड्राइभरको सहयोगबाट आफैँ ९११ मा फोन गरेर मद्दतका लागि बोलाइन् ।

औषधी खाइरहेकी थिइनन् अमान्डा – पूर्व प्रेमी

एनबीसी न्युजका अनुसार लामो समयदेखि अमान्डा आफ्नो परिवारसँग छुट्टै बसिरहेकी छिन् । अमान्डाका पूर्व प्रेमी पल माइकलले मिडियासँगको कुराकानीमा केही समयदेखि अमान्डाले आफ्नो औषधी खाइरहेकी थिइनन् ।

यो दुर्घटनाको खबर पाउने बित्तिकै अमान्डाका प्रशंसकले ट्विट गरे – बाल्यकालको स्टारडम र ग्ल्यामरले अमान्डामाथि असाध्यै दबाब दियो । जुन कुरा उनीमाथि भइरहेको छ, उनी त्योभन्दा राम्रोको लागि योग्य छिन् ।  अमान्डा यति प्रतिभावान् र सुन्दर छिन्, उनलाई यस्तो देख्दा मेरो मन टुट्छ ।’

Captureअमान्डाले आफैँले मद्दत माग्नु ठुलो कुरा

अर्का एक प्रयोगकर्ताले लेखे, ‘अमान्डाले गुडिरहेको गाडीलाई इशारा गरेर रोकिन्, उनलाई आफू सायकायट्रिक एपिसोडबाट गुज्रिरहेको जानकारी दिइन् र आफ्नो मद्दतका लागि आफैँ ९११ लाई बोलाइन् । यो ठुलो कुरा हो । मलाई आशा छ, यसपछि अब उनको स्थिति सुध्रनेछ । उनी निको भएपछि उनलाई आफ्नो बहादुरीमाथि गर्व हुनेछ ।’

मद्दतका लागि ड्राइभरलाई धन्यवाद

यस्तै, एक प्रयोगकर्ताले लेखे, ‘ती ड्राइभरको पनि तारिफ गर्नुपर्छ जसले बीच सडकमा गाडी रोकेर यस्ती युवतीको मद्दत गरे जसको शरीरमा कपडा समेत थिएन । मानिसहरूले यस्तो परिस्थितिको गलत फाइदा उठाउने गर्छन् । तर ड्राइभरले यस्तो गरेनन् । मलाई अमान्डाका साथै ती ड्राइभरमाथि पनि गर्व छ ।’

Capture1बाइपोलर डिसअर्डरसँग जुधिरहेकी छिन् अमान्डा

सन् २०१३ मा उनका लागि परिस्थिति त्यति बेला बिग्रियो जब उनले आफ्नो छिमेकीको कारमा आगो लगाइदिइन् । त्यति बेला उनका छिमेकीको कुकुर नराम्रोसँग घाइते भएको थियो ।

लगभग एक वर्ष अघि अदालतले उनलाई कन्जर्वेसन हाउसबाट बाहिर जाने अनुमति दिएको थियो । अमान्डाले बाहिर जानका लागि याचिका दायर गरेकी थिइन् । सन् २०१३ देखि कन्जर्वेसन हाउसमा अमान्डा आफ्नो आमाबुवाको कस्टडीमा थिइन् । अमान्डाको मानसिक स्वास्थ्यका कारण कन्जर्भेसन हाउसमा राख्ने सल्लाह दिइएको थियो ।

amanda1अमान्डाले २४ वर्षको उमेरमा छोडिन् अभिनय

सन् १९९९ देखि २००२ को बीच १३ वर्षको उमेरमा नायिका अमान्डा बायन्सले ‘द अमान्डा शो’ को तीन सिजन होस्ट गरिन् । यो कमेडी शोबाट उनले चाइल्ड आर्टिस्टको रूपमा पहिचान पाइन् । अमान्डाले ‘फास्ट एन्ड फ्युरियस’, ‘फ्रेन्चाइजी’, ‘हल पास’, ‘रोबोट्स’ । बिग फ्याट लायरजस्ता फिल्ममा काम गरेकी छिन् ।

अमान्डाले भनेकी थिइन्, ‘२४ वर्षको उमेर रिटायर हुनका लागि निकै कम हो तर मलाई अब अभिनय गर्न मज्जा आइरहेको छैन । ’

सन् २०१८ मा एक अन्तरवार्तामा अमान्डाले आफू ‘सेल्फ एस्टीम’ मा इश्यूसँग जुधिरहेका कारण अभिनयबाट पछि हटेको बताएकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप