कर्णालीमा कांग्रेसको नारा : ‘सुदृढ कांग्रेस, समृद्ध कर्णाली’
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले ‘सुदृढ कांग्रेस, समृद्ध कर्णाली’ नारा तय गरेको छ । दैलेखमा बसेको प्रदेश कमिटीको बैठकले सो नारा तय गर्दै कर्णालीमा कांग्रेस सुदृढीकरणको अभियानमा लाग्ने निर्णय गरिएको छ । प्रदेश कमिटीका प्रवक्ता दमन शाहीका अनुसार बैठकले जिल्ला सम्मेलन र प्रदेश सम्मेलनको विषयमा छलफल गरेको छ । कांग्रेसको विधान बमोजिम जिल्ला र प्रदेश सम्मेलन गर्ने भनिएको छ । सोही अनुसार कर्णालीका केही जिल्ला भइसकेको छ भने बाँकी रहेका जिल्लामा पनि सम्मेलन सम्पन्न गर्ने र त्यसपछि मात्रै प्रदेश सम्मेलनको आयोजना गरिने शाहीले बताए ।
यस्तै दैलेखमा बसेको बैठकले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ भने आगामी प्रदेश कार्य समितिको घुम्ती बैठक बस्ने छ । यो भनेको पार्टी सुदृढीकरणलाई टेवा पुगोस् भन्ने उद्देश्य राखिएको शाहीले बताए । साथै यसअघिको प्रदेश कमिटी बैठक मुगुको रारा तालमा आयोजना गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण