सगरमाथा जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । आजदेखि बिक्री खुलाइएको आईपीओमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयमा मागअनुसारको आवेदन नपरेमा चैत २२ गतेसम्मको समय थपिनेछ । सर्वसाधारणले कम्पनीको आयोजनामा न्यूनतम कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले ९.६ मेगावाट क्षमताको सुपरमाई जलविद्युत ए आयोजना निर्माण गरिरहेको छ । र, आयोजनाले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न छुट्याएको थियो । यसअनुसार १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतका दरले ४३ लाख ६८ हजार रुपैयाँ कित्ता बिक्रीको योजना बनेको थियो । यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशतका दरले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, सामूहिक लगानी कोषलाई २ लाख १८ हजार ४०० कित्ता र कर्मचारीका लागि १ लाख ३१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण