सगरमाथा जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । सगरमाथा जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । आजदेखि बिक्री खुलाइएको आईपीओमा १२ गतेसम्म आवेदन दिन पाइनेछ । तोकिएको समयमा मागअनुसारको आवेदन नपरेमा चैत २२ गतेसम्मको समय थपिनेछ । सर्वसाधारणले कम्पनीको आयोजनामा न्यूनतम कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले ९.६ मेगावाट क्षमताको सुपरमाई जलविद्युत ए आयोजना निर्माण गरिरहेको छ । र, आयोजनाले जारी पूँजीको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न छुट्याएको थियो । यसअनुसार १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतका दरले ४३ लाख ६८ हजार रुपैयाँ कित्ता बिक्रीको योजना बनेको थियो । यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरुलाई १० प्रतिशतका दरले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, सामूहिक लगानी कोषलाई २ लाख १८ हजार ४०० कित्ता र कर्मचारीका लागि १ लाख ३१ हजार कित्ता सेयर बिक्री गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
-
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने शिक्षकविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर
-
निगमले अझै तिरेन वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दाको १९ अर्ब ३९ करोड ऋण