बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो
मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जनाए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले जानकारी दिए ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाइएको थियो । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।
आजै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार रहेको तर त्यसअघि केही विषयमा छलफल गर्न आवश्यक रहेको ठहर गरेको थियो । कांग्रेसले चैत १० मा प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्रीलाई प्रस्तावसमेत गरेको थियो । सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले समामुखसँग भेट गरी आजको बैठक स्थगित भएको घोषणा गर्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण