शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खान खराब सपनाजस्तै थिए : जब सलमानविरुद्ध खुलेर बोलिन् ऐश्वर्या

बुधबार, ०८ चैत २०७९, १६ : ३६
बुधबार, ०८ चैत २०७९

सलमान खान र ऐश्वर्या कुनै समय सम्बन्धमा थिए । उनीहरूको ब्रेकअपको कहानी पनि कसैबाट लुकेको छैन । सन् २००२ मा ब्रेकअपको समयमा ऐश्वर्याले सलमानमाथि निकै गम्भीर आरोप लगाएकी थिइन् ।

ऐश्वर्याका अनुसार सलमानले उनलाई शारीरिक र मानसिक दुवै खालको टर्चर दिन्थे । उनले अबको समयमा सलमानसँग कहिल्यै काम नगर्ने बताएकी पनि थिइन् । यद्यपि, सलमानले सधैँ यो कुरा खारेज गरे ।

सन् २००१ मा भयो सलमान–ऐश्वर्याको ब्रेकअप

९० को दशकको अन्त्यमा सलमान खान र ऐश्वर्या राय एक–अर्कासँग नजिकिए । फिल्म हम दिल दे चुके सनमको सेटमा यी दुईबिच निकटता बढ्यो । फिल्ममा उनीहरूको केमेस्ट्रीलाई निकै रुचाइएको थियो ।

यद्यपि, यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र यी दुई सन् २००१ मा अलग्गिए । यद्यपि, उनीहरूको ब्रेकअप सामान्य थिएन । ब्रेकअपका बेला सलमान र ऐश्वर्याबीच निकै झगडा भएको खबर आएको थियो ।

salman_aishwarya1नराम्रो सपनाजस्तो थियो सलमानको च्याप्टर : ऐश्वर्या

टाइम्स नाउको रिपोर्ट अनुसार सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले खुलासा गरेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘मेरो परिवार र मेरो आफ्नै स्वाभिमानलाई मध्यनजर गर्दै यो अति नै धेरै भयो... म अबको दिनमा कहिल्यै मिस्टर सलमान खानसँग काम गर्ने छैन । सलमानको च्याप्टर मेरो जीवनको खराब सपनाजस्तो थियो र म भगवानप्रति आभारी छु कि यो सबै समाप्त भयो ।’

salman_aishwarya2रक्सीको लत र शारीरिक हिंसाका कारण तनावमा थिइन् ऐश्वर्या

ऐश्वर्याले भनेकी थिइन्, ‘सलमानको हरेक खराब बानीलाई मैले माफ गर्ने गर्थेँ । सलमानको रक्सीको लत, शारीरिक हिंसा र बेइज्जतीबाट म आजित भइसकेको थिएँ । तर पनि म उनीसँग थिए । त्यसको साटो मैले दुःख र पीडाबाहेक केही पाइनँ ।’

‘यो मामिलामा मेरो मौनतालाई गलत तरिकाले लिइयो । मेरो क्यारेक्टरमा औँला उठाइयो । यहाँसम्म कि मेरो सह–कलाकारसँगको सम्बन्ध पनि बिगार्ने कोसिस गरियो ।’

salman_aishwarya3ऐश्वर्याका कारण सलमान–शाहरुखमा भएको थियो झगडा !

रिपोर्टलाई विश्वास गर्ने हो भने सलमानका कारण ऐश्वर्यालाई शाहरुखको फिल्म ‘चलते चलते’ बाट निकालिएको थियो र उनको साटो रानी मुखर्जीलाई कास्ट गरिएको थियो ।  सलमान उक्त फिल्मको सेटका पुगेका थिए र बेस्सरी चिच्याउन सुरु गरेका थिए ।

खबर यो पनि थियो कि सलमान र शाहरुखबीच झगडा पनि भएको थियो । सलमान एक पटक रक्सी खाएर ऐश्वर्याको घर गएर उनको ढोकामा बेस्सरी हानेको खबर पनि छ ।

bibekसलमानसँग ब्रेकअप गरेपछि विवेक ओबरोयसँग नजिकिएकी थिइन्

सलमानसँग ब्रेकअपपछि ऐश्वर्याको नाम विवेक ओबरोयसँग जोडिएको थियो । यो कुरामा रिसाएका सलमानले विवेकलाई फोन गरेर हत्या गरिदिने धम्की दिएका थिए । यसबारे विवेक ओबरोयले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

abhishek_aishwaryaअभिषेक बच्चनसँग सन् २००७ मा भयो विवाह

फिल्म गुरुको सुटिङका बेला अभिषेक बच्चन र ऐश्वर्या रायबीच निकटता बढ्यो । यी दुईको चिनजान पहिले नै थियो तर गुरुको सुटिङका बेला भने उनीहरुले एक–अर्कालाई बुझ्ने मौका पाए । २० अप्रिल सन् २००७ मा अभिषेक–ऐश्वर्याको विवाह बच्चन परिवारको बङ्गला प्रतीक्षामा भयो । यी दुईका एक छोरी आराध्या छिन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप