शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चरेससहित भारतबाट दुई नेपाली पक्राउ

बुधबार, ०८ चैत २०७९, १८ : ४९
बुधबार, ०८ चैत २०७९

दार्चुला । चरेससहित भारतमा दुई नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवँरलाई पक्राउ गरेको हो ।

तीन किलो ६८० ग्राम चरेशसहित उनीहरूलाई सोमबार बेलुकी ७ बजेतिर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ । 

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप