सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

थ्री नेसन्स कप फुटबल : लाओसमाथि नेपालको जित

बुधबार, ०८ चैत २०७९, १९ : ५७
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लावसमाथि जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराएको हो । नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।

खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३० औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६ औं मिनेटमा नवयुगले गोल गरे । 

आजको जितसँगै नेपालकाे फाइनल पुग्ने सम्भावना बलियो भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप