‘वित्तीय संस्था खारेज गरी सरकारी बैंकहरुलाई देशव्यापी बनाउनुपर्छ’

काठमाडौं । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले वित्तीय संस्थाहरुलाई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरु राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी र देश समृद्ध हुने जिकिर गरेका छन् ।
बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा वित्तीय अराजकताको कारण बलामी जस्तै लाखौं जनता अकालमै मर्नु परेको भन्दै पीडाब्यक्त गरेका हुन् ।
बास्तोलाले ‘सहकारी, लघुवित्त र विदेशी बैंकहरुलाई खारेज गरी राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको गाउँगाउँसम्म सेवा विस्तार गरेर जनअपेक्षाअनुसार परिचालन गर्नसके देशको आर्थिक संकट हल हुने धारणा राखे ।
सरकारी ३ बैंकहरुलाई जनताको हितमा हुनेगरी ५ प्रतिशतभन्दा बढी ब्याज नबढाई ऋण दिँदा उद्यम पनि चल्ने र सावाँ ब्याजसहित फिर्ता हुने र स्वदेशमै रोजगारीको सिर्जना भई देशको अर्थतन्त्र पनि बलियो हुने उनको जिकिर छ ।
बास्तोलाले अहिलेको व्यवस्थाले राजनीतिक दलाल र भ्रष्टहरुकै सेवा गरेको बताउँदै सडकमा आउनु पर्ने बेला भएको बताए ।
कार्यक्रममा पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओलीले नेपालमा क्रान्ति गर्ने एकमात्र पार्टी बहुमत भएको भन्ने पूर्ण विश्वास लिएका नेता बलामीको देहान्तले अपूरणीय क्षति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा