बैतडीका तीन क्याम्पसमा नेविसंघको जित
बुधबार, ०८ चैत २०७९, २० : ३९

बैतडी । सुदूरपश्चिम विश्व विद्यालय अन्तरगतका बैतडीका तीन वटा क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार विजयी भएका छन् ।
जिल्लाको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मणिलेक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले जित हासिल गरेको हो ।
नेविसंघका अध्यक्ष कपिल केसीले यसलाई जिल्लामा नेविसंघको ऐतिहासिक जित भएको बताएका छन् । यसले दिनरात नभनेर आफू खटेको मिहिनेतको प्रतिफल प्राप्त भएको रूपमा लिएको उनले बताए ।
त्रिभुवन विश्व विद्यालय अन्तरगतका पुर्चुडी बहुमुखी र सिगास शिक्षा क्याम्पसमा नेविसंघले नै जित हासिल गरेको थियो ।