शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतलाई मधेसको सबैभन्दा ठूलो पार्टी बनाउँछु : अध्यक्ष राउत

बुधबार, ०८ चैत २०७९, २१ : ५५
बुधबार, ०८ चैत २०७९

कलैया । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके (चन्द्रप्रकाश) राउतले मधेसी जनतालाई अधिकार दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार बाराको सदरमुकाम कलैयामा आयोजित बृहत् पार्टी प्रवेश एवं आमसभामा उनले  सो प्रतिबद्धता व्यक्त गरेका हुन् । अध्यक्ष राउतले मधेसी जनताको अधिकार दिलाएर छाड्ने उद्घोष समेत गरे ।

उनले मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गरे । ‘मधेसको विकास र अधिकारका लागि सहादत प्राप्त गरेका मधेसी सहिदको सपना साकार हुने गरी जनमत पार्टीले काम गर्ने प्रतिबद्धता जाहेर गर्छु’ अध्यक्ष राउतले भने । 

उनले जनमत पार्टीलाई मधेस प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनाएर छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । अध्यक्ष राउतले जनमत पार्टी जनताको आशा एवं भरोसाको किरण रहेको बताए । मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अध्यक्ष राउतले भ्रष्टाचारलाई न्यूनीकरण गर्दै विधिको शासन कायम गर्न संवेदनशील हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप