एसिड पीडित आरती साहको मुद्दामा जिल्ला अदालतकै फैसला सदर
जनकपुरधाम । एसिड पीडित आरती साहको मुद्दामा उच्च अदालतले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले फैसला सदर गरेको हो ।
जिल्ला अदालत धनुषाले ०७८ भदौ १० गते अन्तिम सुनवाइ गर्दै फैसला सुनाएको थियो । आरतीका श्रीमान् सञ्जीव साहलाई साढे १० वर्ष कैद र ६ लाख जरिवाना गर्ने फैसला सुनाएको थियो भने एसिड बिक्री गर्ने व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको थियो । सो फैसलाबाट चित्त नबुझेको भन्दै आरतीका भाइ सञ्जय साहले ०७८ फागुन १५ गते उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
आरती र उनकी छोरी रियालाई श्रीमान सञ्जीवले ०७७ कात्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो । यो पटक पनि सरकारी वकिल कार्यालयले सोही अनुसारको क्षतिपूर्ति र सजाय दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण