मन्त्रिपरिषद्को निर्णय : कर्णाली प्रदेश योजनाका आयोगको उपाध्यक्षमा दैलेखका शाहीलाई नियुक्त
सुर्खेत । लामो समयदेखि रिक्त गरेको कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा दैलेखका योगेन्द्र शाही नियुक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्ण जिसीले जानकारी दिए ।
शाही यसअघि योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । उनी यसअघि नेकपा एमालेको कोटाबाट सदस्य बनेका थिए । यद्यपि ०७९ को प्रतिनिधि सभात तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रदेश सभाको टिकेट नपाउने भएपछि माओवादी प्रवेश गरेका थिए । माओवादीबाट दैलेख –२ (ख) बाट प्रदेश सभा निर्वाचन लडेका थिए । तर पराजित भए । शाही दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका निवासी हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकासमा एमफिल गरेका शाही बौद्धिक नेताका रुपमा परिचित छन् ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रुपमा रुकुम पश्चिमका भरतकुमार शर्मा र वरिष्ठ आर्थिक सल्लाहकार डा शालिकराम पोख्रेललाई नियुक्त गर्ने निर्णय बुधबारको क्याविनेटले गरेको प्रवक्ता जिसीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण